काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुर बाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गत शनिबार राजीनामा दिएका थिए ।
सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
आज बिहान ५ बजेर २० मिनेट जाँदा महोत्तरीको बर्दिबास ३ कालापानी स्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराएकी हुन् ।