१३० जेनजी एमालेमा प्रवेश गरे

काठमाडौं । जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिकामा रहेका प्रवेश धितालसहित १३० जना युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमालेमा प्रवेश गराइएको एमाले प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार कार्यक्रममा राजकुमार विष्ट, उमा विष्ट, प्रमोद दाहाल लगायतका जेनजीहरू एमाले प्रवेश गरेका हुन् ।

एमालेले राष्ट्रिय सभागृहबाट घर फर्क राष्ट्रिय अभियानको समेत शुभारम्भ गरेको छ ।

Share News