काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकतासँग असन्तुष्ट रहेकी एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्री भावुक हुँदै नेकपा एमाले प्रवेश गरेकी छन् ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सञ्चालन भएको ‘घर फर्क अभियान’मा झाँक्रीसहित ३०० बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
घर फर्क अभियानलाई सम्बोधन गर्दा नेता झाँक्री भावुक देखिइन् । ‘मैले इहिासका धेरै कुरा सम्झिन चाहिनँ । विगतका कुरा गर्न चाहिनँ,’ उनले भनिन्, ‘यात्रामा मन मिल्नेहरू एउटै फलैंचामा बस्नुपर्छ । ताल मिल्नेहरू चाल मिलाएर यात्रामा सँगै हिँड्न सकिन्छ । मन नमिलिकन गरिएको यात्रा सहज नहुने रहेछ । यही बुझ्दै म एमाले फर्किएकी छु ।’