शिवम् सिमन्टले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता

काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको छ । 

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबार जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । 

शिवम्को ६६ करोड ८९ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे शिवम्ले २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

Share News