नेपालका मन्त्रीहरू भटाभट भारत भ्रमणमा

कार्त्तिक १० गते भारत जाँदै गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ।

काठमाडौं । खर्च कटौतीको नाउँमा विकास आयोजनाका बजेटसमेत कटौती गरेको अन्तरिम सरकारका मन्त्रीहरू धमाधम विदेश भ्रमण गर्न थालेका छन् । 

खर्च कटौतीका लागि विकासे मन्त्रालयका १३ सय आयोजना कटौती गरेको सरकारले मन्त्रालयका सहसचिवहरूको उपस्थिति भए हुने भ्रमणमा मन्त्रीहरूको भ्रमण धमाधम स्वीकृत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कार्त्तिक १० गते भारत गएका थिए ।  सौर्य गठबन्धनको आठौं सभामा सहभागी भएर उनी फर्किसकेका छन् ।

ऊर्जा तथा जलस्रोत मन्त्रालयका एकजना सहसचिवका अनुसार उक्त बैठकमा पहिले सहसचिव जाने तयारी थियो । पछि मन्त्री जाने भएपछि सहसचिवहरूको च्याप्टर क्लोज भएको छ ।

अब लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत जान लागेका छन् । 

उनी कात्तिक २८ र २९ गते विशाखापटनम्मा हुने ३०औं पार्टनरशिप समिटमा सहभागी हुन भारत जान लागेका हुन् । 

मन्त्रिपरिषद्ले उनको भ्रमण पहिल्यै स्वीकृत गरिसकेको छ ।

Share News