काठमाडौं । काठमाडौंको चावहिल नजिकै गोपीकृष्ण पुलमुनि एक पुरुषको शव भेटिएको छ । बुधबार भेटिएको उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेको प्रहरी वृत्त, गौशालाका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनका अनुसार उक्त शव पुलमुनि थियो । शवको नाम र ठेगाना सबै पहिचान भएपनि पुस्ट्याइँको काम भइरहेको उनको भनाइ छ ।
‘पोस्टमार्टमका लागि टिचिङ पठाएका छौं । प्रारम्भिक अनुसन्धानबाट उनी मापसे गरेर हिँड्ने मान्छे हुन् । शङ्कास्पद केही देखिँदैन । मापसे गरेर हिँडिरहेको अवस्थामा खोलामा ढलेको हुन सक्ने अनुमान छ,’ उनले भने ।
उनको उमेर अन्दाजी ६०/६२ वर्ष रहेको उनले बताए ।