प्रसाईं नेतृत्वको महाअभियानका प्रतिनिधिहरूले २६ बुँदे मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधवार पुगेका अभियानका प्रतिनिधिहरूले मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि २६ बुँदे मागपत्र हस्तान्तरण गरेका हुन् ।

प्रसाईंका तर्फबाट पठाइएका ६ जना प्रतिनिधिहरूले गृहमन्त्री अर्यालसँग भेट गरी मुलुकमा राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको संरक्षण अत्यावश्यक भएको धारणा राखेका थिए । 

उनीहरूले सरकारले जनताको सुरक्षासँग सम्बन्धित विषयमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने, राष्ट्रिय स्वाधीनता र पहिचान जोगाउन ठोस नीति बनाउनुपर्ने माग पनि राखेका छन् ।

गृहमन्त्री अर्यालले प्रतिनिधिहरूको मागपत्र ग्रहण गर्दै सरकार जनताका सुझाव र मागप्रति संवेदनशील रहेको बताएका छन् ।

Share News