काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा पुनः समाहित भएका पूर्वएमाले नेता भीम रावलले पार्टी एकताको महत्त्वमा जोड दिँदै संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
पार्टीमा समाहित हुन हस्ताक्षर कार्यक्रमपछि बोल्दै उनले विगतमा भएको विभाजनको प्रसङ्ग सम्झिए र त्यसले पार्टीभित्र गहिरो घाउ पु¥याएको उल्लेख गरे ।
उनले भने, ‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विभाजन गरेर गह्रौं मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौं, आज फर्किएर नेपाली कम्युनिष्ट पार्टीभित्र फर्किएका छौं । त्यो बिछोडको आलो घाउमा अहिले मलहम लागेको महसुस भइरहेको छ ।’
रावलले अब पार्टी भित्रको एकतालाई सुदृढ गर्दै जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार विगतका कमजोरीलाई आत्मसात गर्दै नयाँ उत्साहका साथ संगठनलाई बलियो बनाउने प्रयास अघि बढाइनेछ ।
