काठमाडौं । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबीच सात बुँदे सहमति भएको छ ।
घोषणासभा अघि नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको भूमिकाबारे आपसी सहमतिमा निर्णय गर्ने र पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन पनि सहमतिमा तयार पार्ने उल्लेख छ ।
सहमतिको सात बुँदामा देशमा समाजवादी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त अभियान सञ्चालन गर्ने, जनताको अधिकार र सुशासनका लागि साझा राजनीतिक कार्यक्रम अघि सार्ने तथा संगठन विस्तारका क्रममा दुवै पक्षको संयुक्त जिम्मेवारी रहने प्रावधानसमेत समावेश छन् ।
