कांग्रेस सभापति देउवा भोलि स्वदेश फर्किँदै

बायाँतर्फ काठमाडौंबाट सिंगापुरतर्फ जाँदै देउवा दम्पती र दायाँतर्फ सिंगापुर एयरपोर्टमा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार सकेर भोलि (शुक्रबार) नेपाल फर्किने भएका छन् । 

उनी कार्त्तिक ११ गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

देउवाको अनुपस्थितिले पछिल्ला दिनमा पार्टीको केन्द्रीय समिति बैठकमा निर्णय प्रक्रियामै ढिलाइ भएको देखिएको छ । 

उनी स्वदेश फर्किएलगत्तै पार्टीको १५ औ महाधिवेशन लगायतका बाँकी कार्यसूचीका विषयमा निर्णय लिइने कांग्रेस स्रोतले जनाएको छ ।

सभापति देउवा १७ दिनको विदेश बसाइपछि स्वदेश फर्किन लागेका हुन् ।

सिंगापुरको क्विन एलिजाबेथ अस्पतालमा देउवा र उनकी पत्नी आरजु देउवाको स्वास्थ्य उपचार गरिएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित हुने, महाधिवेशनको किचलोले असन्तुष्टि बढ्दै

Share News