देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।

Share News