काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले दर्ता म्याद थप्न निर्देशन गरेकी छन् ।
प्रधानमन्त्रीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै चापको व्यवस्थापनका लागि दर्ता अवधि थप्न निर्देशन दिएकी हुन् ।
आयुक्त भण्डारीले आयोग यस विषयमा सकारात्मक रहेको बताउँदै पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराएकी हुन् ।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गराउन मिल्ने व्यवस्था लागू भएपछि हिजोदेखि अनलाइन सिस्टममा अत्यधिक चाप परेको छ ।
प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्या र सेवा सुस्तताको विषयमा पनि चासो व्यक्त गरेकी छन् ।
सम्बन्धित प्राविधिक टोलीले समस्या समाधानको काम तीव्र रूपमा अघि बढाइरहेको आयुक्त भण्डारीले बताएका छन् ।