मनिष झाले धनुषा–३ बाट प्रत्यक्ष उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी आम निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

झाले सरकारले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने संकेत गरेका हुन् ।

उनले धनुषाको निर्वाचन क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फबाट प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

यसअघि उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । यसपटक भने उनले प्रत्यक्ष चुनावमार्फत जनादेश लिन तयारी थालेको बुझिएको छ ।

सरकारले फागुन २१ गतेलाई आम निर्वाचनको मिति तोकेको छ । 

Share News