सुदूरपश्चिममा पर्यटन प्रर्वद्धनात्मक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनात्मक बृहत अन्तरक्रिया कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

शनिबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो । कार्यक्रममा उपस्थित सरोकारवालाहरूले पर्यटकीय क्षेत्रको संरक्षण, सम्बर्द्धनका साथै पर्यटकको लागि आवश्यक सुविधाहरूको व्यवस्था हुनुपर्ने विषय उठाएका थिए ।

होटल व्यवसायी सहासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला प्रमुख अतिथि र नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Share News