काठमाडौं । मध्यरातमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।
आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका थिए । प्रसाईंले देश ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिएका थिए ।