प्रधानमन्त्रीको सचिवालयले गर्यो नातावादको आरोप खण्डन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा नाता पर्ने व्यक्तिहरूलाई नियुक्ति दिलाएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले यसबारे स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नाता–कुटुम्बका व्यक्तिहरूलाई कुनै पनि किसिमको नियुक्ति नगरेको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार सचिवालयमा भएका हालका सबै नियुक्ति प्रक्रिया नियम तथा मानक अनुसार भएको भन्दै भ्रम फैलाउने प्रयास गरिएको दाबी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले यथार्थ नबुझीकन गलत सूचना प्रवाह नगर्न पनि सबै पक्षलाई आग्रहसमेत गरेको छ ।

Share News