काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किन अनुकूल वातावरण तयार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले पार्टी एकता र समावेशीताको पक्षमा सबैको हित सुनिश्चित गर्ने कार्य गर्दै आएको दावी गरे ।
विद्या भण्डारीलाई सहज तरिकाले पार्टीमा फर्काउने वातावरण तयार पार्न आवश्यक पहलहरू अगाडि बढाइने पोखरेलले जानकारी दिए ।
भण्डारीको सदस्यता नवीकरण गर्न आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता उनको छ ।
पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा राजनीतिक वृत्तमा छ ।