काठमाडौं । नेपाल प्रहरीले आफूखुसी बिदामा बसेका प्रहरीहरूलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै गैरहाजिर भएका २७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना रहेको कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरणसहित सार्वजनिक सूचना गरी बाटोको म्याद बाहेक ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
