नेकपा एमालेको ११औं महाधिवेशनको मूल नारा तय

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि मूल नारा तय गरेको छ । बुधबार च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले तयारी योजनासहित विभिन्न निर्णय गर्दै महाधिवेशनको नारा सार्वजनिक गरेको हो ।

बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन अघि बढाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने तय गरिएको छ । महाधिवेशन काठमाडौंमै गर्ने भनिए पनि उद्घाटनस्थल भने तय नभएको एमालेका प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।

Share News