राष्ट्रिय सभागृहमा कांग्रेसको विशेष महाधिवेशन पक्षधर भेला सुरु

काठमाडौं । नेपाली कांग्रेस बिशेष महाधिवेशन पक्षधर समूहको विशेष भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । पुषभित्रै बिशेष महाधिवेशन गर्न दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको नेताहरू बताउँछन् ।

भेला आयोजकमध्येका नेता जगदीशस्वर नरसिंह केसीका अनुसार भेलामा विभिन्न जिल्लाका ११ सय महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ । 

पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्न नसकेपछि विशेष महाधिवेशन पक्षले दवावस्वरूप भेला आयोजना गरेको बताएको छ ।

राष्ट्रिय सभागृहमा सुरु भएको भेलामा प्रतिमा गौतम, मधु आचार्य र अजय सिवाकोटीसहितका केन्द्रीय सदस्यहरू उपस्थित रहेका छन् । 

गण्डकी र लुम्विनी प्रदेशका सभापतिहरूसहित भेलामा १ हजार २ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको भेला आयोजक केसीले जानकारी दिए ।

Share News