सिन्धुलीको आदर्शनगरमा कजारियाको नयाँ टाइल शोरूम उद्घाटन

काठमाडौं । टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगरमा नयाँ तथा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । यो शोरूमलाई शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सले सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोह शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, स्थानीय सम्मानित अतिथि तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भयो । कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर औपचारिक गरे ।

समारोहलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले कजारियासँगको साझेदारीलाई गौरवको विषय भएको बताउँदै भने, 'हामी कजारियासँग जोडिन पाउँदा अत्यन्त खुसी छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेका प्रिमियम टाइल तथा उत्कृष्ट डिजाइनहरू अब सिन्धुलीमै सहज रूपमा उपलब्ध हुनेछन् ।'

त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले भने, 'कजारिया सधैँ उत्कृष्टता प्रदान गर्न कटिबद्ध छ । यो नयाँ शोरूममार्फत हामी ग्राहकहरूसँग अझ नजिक हुँदैछौँ । नेपालमा निर्माण तथा भित्री सजावट क्षेत्र तीव्र रूपमा विकसित भइरहेका छन्, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई टेवा दिन उत्साहित छौँ ।'

सिन्धुलीको आदर्शनगरस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ । जसले ग्राहकलाई सहज पहुँच, विकल्पको विविधता तथा इन्टेरियर आवश्यकताअनुसार उपयुक्त उत्पादन छनोट गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।   

Share News