फागुन २१ को निर्वाचनका लागि सेना परिचालन स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउने उद्देश्यले नेपाली सेनाको परिचालनका लागि स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता अर्चना खड्काका अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा सेना परिचालन अनुमतिसम्बन्धी फाइलमा राष्ट्रपति पौडेलले सहमति जनाएका हुन् ।

सरकारले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सेनाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अलि छिटो सेना परिचालनका लागि राष्ट्रपति कार्यालयमा आग्रह गरेको थियो । 

सेनाको संख्या, तैनाथि क्षेत्र तथा परिचालनसम्बन्धी विस्तृत विवरण गृह मन्त्रालय र निर्वाचन आयोगले पछि सार्वजनिक गर्ने बताइएको छ ।

Share News