काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ र चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।