काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको मिति टुंग्याएको छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने भएको हो ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशन मिति सर्वसम्मत रूपमा तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्रीय समितिको छलफलपछि तीनदिने महाधिवेशन औपचारिक रूपमा घोषणा गरिएको हो ।
प्रवक्ता महतका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीभित्रको तयारी र आगामी योजनालाई ध्यानमा राख्दै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरिएको हो ।
महाधिवेशन तयारीका अन्य विषयमा भने थप निर्णय क्रमशः गरिने नेपाली कांग्रेसले जनाएको छ ।