काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूबीच भएको एकीकरण र पुनर्गठनसम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको हो ।
सोमबार प्रकाशित नेपाल राजपत्रमार्फत पाँचवटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको सूचना सार्वजनिक गरिएको हो ।
राजपत्रमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, जनमत समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी मालेबीच भएको दल पुनर्गठन तथा एकीकरण प्रक्रियाले राजनीतिक दलसम्बन्धी कानुनमा उल्लेखित प्रावधानहरू पूरा गरेको जनाइएको छ ।
दर्ता, अद्यावधिक र नाम परिवर्तनसहितका सम्पूर्ण कागजातहरू विधिसम्मत भएको पुष्टि गर्दै राजपत्रको अनुसूची ‘ङ मा उल्लेखित आधारमा सूचना प्रकाशित भएको हो ।
