मधेश प्रदेशसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

काठमाडौं । मधेश प्रदेशसभा बैठक केही समय बसेर दिउँसो दुुई बजेसम्मका लागि स्थगित भएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको हो । 

नेकपा एमालेका प्रदेशसभा सदस्य हरि नारायण महतोका अनुसार मुख्यमन्त्री यादवसँगको छलफलपछि बैठक स्थगन गरीएको हो । 

प्रदेशसभामा आज मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश अनुसार विश्वासको मत लिने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री यादव निकट स्रोतका अनुसार यादव केही विपक्षी दलहरूसँग संवादमा रहेकाले बैठक स्थगन गरिएको हो ।

Share News