काठमाडौं । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार (आज) उनलाई पक्राउ गरेको हो ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो ।
उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो ।
प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप शाक्यमाथि छ ।
यसअघि सीआईबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो ।
उनीहरूमाथि सीआईबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।