देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन गर्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरी गुड्ने एम्बुलेन्स र शववाहनको विवरण संकलन थालेको छ । अहिलेसम्म नेपालमा कति एम्बुलेन्स र शववाहनको एकिन विवरण स्वास्थ्य मन्त्रालयसँग छैन ।

पालिका, स्थानीयतह र रेडक्रस लगायत विभिन्न संस्थाले एम्बुलेन्स सञ्चालन गरिरहेकाले एकिन तथ्यांक मन्त्रालयसँग छैन । अहिले मन्त्रालयले एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रूपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन भनेको छ ।

आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहेकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

Share News