काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीको थुनछेक मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । मुद्दा हेर्न नमिल्नेमा परेपछि अधिकार आइतबारसम्म थुनामै रहने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भक्तपुरमा निर्माण होलिपोर्टमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
अख्तियारले अधिकारीसहित ७ जनाविरुद्ध जनही साढे १३ करोड रुपैयाँको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।