काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रम तीव्र बन्दै गएको अवस्थामा दुई शीर्ष नेताबीचको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।
भेटमा आगामी राजनीतिक सहकार्य तथा राष्ट्रिय सहमतिको आवश्यकतामा केन्द्रित छलफल भएको बताइएको छ । दुवै दलबीच पछिल्लो समय टाढिएको सम्बन्ध पुनः नजिकिने संकेतका रूपमा पनि यो भेटलाई हेरीएको छ ।
दुवै नेताले देशको राजनीतिक स्थिरता र आगामी राजनीतिक कदमबारे खुलेर कुराकानी गरेको स्रोतले जनाएको छ ।