काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले पार्टी विधान संशोधनसम्बन्धी प्रस्ताव अघि सारेका छन् ।
उनले १०औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानलाई नै आधार मानेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेको स्रोतले जानकारी दिएको छ ।
दशौं महाधिवेशनको सम्भवतः अन्तिम बैठकमा भट्टराईले आवश्यक परे सोही विधानमा थप संशोधन गर्दै जान सकिने उनको सुझाव दिएका छन् ।
उनको उक्त प्रस्तावलाई समर्थन गर्दै केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले बैठकमा आफ्नो धारणा राखिरहेको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।