खिमलालको प्रस्तावविरुद्ध सुरेन्द्रको काउन्टर प्रस्ताव– अब ७० वर्षे पनि ब्यूँताऔं

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउनेगरी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अघि सारेको विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले असहमति जनाएको छ ।

बैठकमा प्रस्तुत संशोधन प्रस्तावले नेतृत्व संरचना विस्तार गर्ने विषय समेटिएपछि त्यसबारे पार्टीभित्र फरक–फरक धारणा देखिएको छ । 

पोखरेल समूहले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउँदा संगठनात्मक सन्तुलन र कार्यक्षमतामा असर पर्न सक्ने भन्दै आपत्ति जनाएको हो ।

विधान संशोधन प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकमा थप छलफल जारी छ भने विभिन्न नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । 

आफ्नो धारणा राख्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी थप्ने प्रस्तावको काउन्टर प्रस्ताव अगाडि सारे ।

पाण्डेले दशौं महाधिवेशनको विधान कायम गर्नेगरी पदाधिकारी संख्या बढाउने हो भने ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि कायम गर्ने प्रस्ताव गरेका हुन् । 

Share News