काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काएको छ ।
दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान ११औं महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
दोस्रो विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको थियो ।
चालू केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
टिम मिलाउन विधान संशोधन गर्दै ओली, वरिष्ठ उपाध्यक्षको पद ब्यूँत्याएर पदाधिकारीको संख्या थप्दै