काठमाडौं । महान्यायाधीवक्ता सबिता भण्डारी बराल ट्रान्सपरेन्सी इन्टरनेशल नेपालको सदस्यबाट निलम्बित भएकी छन् ।
ट्रान्सपरेन्सी कार्यसमितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।
आफू सदस्य रहेको होप फर्टिलिटी सेन्टरको मुद्दाबारे महान्यायाधीवक्ता कार्यालयबाटै मुद्दा नचल्ने निर्णय भएपछि बराल विवादमा मुछिएकी हुन् ।
बालबालिका जोडिएको गम्भीर अपराधका घटनाका आरोपीलाई मुद्दा नचल्ने निर्णय गरी बचाउमा उत्रिएपछि उनी विवादित बनेकी हुन् ।
सोही विवादलाई लिएर नै ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले उनलाई सदस्यबाट हटाएको हो ।
उनी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा महान्यायाधीवक्तामा नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला महान्यायाधीवक्तासमेत हुन् ।