काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन नगर्ने निर्णय गरेका छन् ।
ज्ञवालीको यो निर्णयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र उम्मेदवारी प्रक्रियामा असर पर्ने अनुमान गरिएको छ ।
ज्ञवालीले यसअघि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर उनले आफ्नो निर्णय बदल्दै उपाध्यक्षमा उम्मेदवारी नदिइकन केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका हुन् ।