एमाले लेखा आयोग अध्यक्षमा कँडेल, उपाध्यक्षमा घिमिरे र सचिवमा खरेल निर्विरोध

काठमाडौं । नेकपा एमाले केन्द्रीय लेखा आयोगको अध्यक्षसहित ३ जना निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी ११ औं महाधिवेशनमा केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध निर्वाचित भएका हुन् । 

सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । धादिङ निवासी कँडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । 

पाल्पाका पुराना नेता घिमिरे कुशल सङ्गठक हुन् । कञ्चनपुरका खरेलसँग कन्चनपुर जिल्ला अध्यक्ष तथा महेन्द्रनगर नगरपालिकाका उपमेयरमा काम गरेको समेत अनुभव छ । खरेल यसअघि लेखा आयोगको सदस्य थिए ।

तीनै जना निर्विरोध भएसँगै लेखा आयोगमा मुख्य तीन पदको चयन प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ । 

Share News