काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा नरेश रोकाया निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी ११ औं महाधिवेशनमा । उनको एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
अनेरास्ववियुमा ३२ बर्षको उमेरहदले बहिर्गमनमा परेका रोकाया एमालेको केन्द्रीय कमिटीमा निर्विरोध हुने पहिलो केन्द्रीय सदस्य बनेका हुन् ।
रोकाया ४० बर्ष भन्दा तल्लो उमेर समूहको तर्फबाट निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अखिलका पूर्व महासचिव रोकाया विद्यार्थी माझ लोकप्रिय थिए ।
यस्तै, लुम्बिनी प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यका लागि गुमादेवी आचार्य, मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिलातर्फ तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकामा सोही सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
आचार्य बुटवल उप-महानगरपालिकाकी उपमेययर हुन् । उनी लगातार दुई कार्यकाल उपमेयर निर्वाचित भएकी हुन् । पोखरेल महासचिवका उमेदवार सङ्कर पोखरेलकी बहिनी हुन् ।