नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएको छ । एमाले को ११औँ महाधिवेशनमा अनुशासन आयोगको अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आयोगका तीनै पदाधिकारीमा एकल उम्मेदवारी परेपछि पहारी, पराजुली र घिमिरे निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टीभित्र अनुशासन आयोगलाई अत्यन्त महत्वपूर्ण निकायका रूपमा लिइन्छ । आयोगले पार्टीभित्र उत्पन्न हुने विवाद, अनुशासनसम्बन्धी मुद्दा तथा आन्तरिक असहमतिको निरुपण गर्ने जिम्मेवारी वहन गर्छ ।

नव निर्वाचित नेतृत्वले पार्टीको संगठनात्मक अनुशासन मजबुत बनाउने, आन्तरिक एकता सुदृढ गर्ने तथा विधि र प्रक्रियाको पालना सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

Share News