काठमाडौं । नेपाली कांग्रेसले पुष २७ गते युवा भेला गर्ने भएको छ । तरण दल, नेविसंघ, महिला संघलगायतका भातृ संगठनको आयोजनामा युवा भेला गर्न लागिएको तरुण दलका सभापति विद्वान गुरुङले जानकारी गराए ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुन लागेको उक्त कार्यक्रममा निर्वाचन केन्द्रित प्रशिक्षण दिइने गुरुङले बताए । उनका अनुसार निर्वाचनमा युवा परिचालनको रणनीति तय गर्न भेला गर्न लागिएको हो ।
पुष २७ गते भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशनको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत भेलालाई भव्य बनाउन पार्टीका सबै भातृ संस्थाहरू सक्रियतापूर्वक लागेको जानकारी दिए ।