उपत्यकाका जननिर्वाचित प्रतिनिधिले भने-सडक बिस्तारमा अवरोध गर्दैनौं

<p>काठमाडौं । काठमाडौं उपत्यकाका जन निर्वाचित प्रतिनीधीहरुले सडक विस्तारको अभियानमा अवरोध नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार राजधानीमा काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको सडक विस्तार, नयाँ शहर निर्माण र बाहिरी चक्रपथ आयोजना सम्बन्धी छलफलमा भाग लिँदै उनीहरुले सडक विस्तार अभियानमा अवरोध नगर्ने घोषणा गरेका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरका जन प्रतिनिधीले सडक [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाका जन निर्वाचित प्रतिनीधीहरुले सडक विस्तारको अभियानमा अवरोध नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको सडक विस्तार, नयाँ शहर निर्माण र बाहिरी चक्रपथ आयोजना सम्बन्धी छलफलमा भाग लिँदै उनीहरुले सडक विस्तार अभियानमा अवरोध नगर्ने घोषणा गरेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका जन प्रतिनिधीले सडक विस्तारले आधुनिक र सभ्य शहर निर्माणको आधार भएकाले सडक विस्तारमा अवरोध नगर्ने बताए  । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले व्यवस्थित शहरीकरणको आधार स्तम्भका रुपमा सडक पुर्वाधार रहेकाले त्यसको विस्तारमा आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘जनता सडक विस्तार बिरोधी होइनन्, हामी प्रतिनीधी पनि सडक विस्तारकै पक्षमा छौं तर मापदण्ड एउटै हुनु पर्छ र मुआब्जा घर भत्काउनु अघि नै दिनुपर्छ’, महर्जनले भने । उनले ललितपुरको सातदोबाटो देखि चापागाउँसम्मको सडकमा कतै १७ मिटर र कतै २२ मिटरको मापदण्डले स्थानीय आक्रोशित बनेको बताउँदै साझा मापदण्ड अघि सार्न आग्रह गरे । उनले प्रति वर्ग मिटर ३ हजारका दरले क्षतिपुर्ति दिने व्यवस्था गर्न पनि अनुरोध गरे ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पनि सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–जिवित शहरका लागि फराकिला सडक आवश्यक छन तर भत्किएका घर टाल्न पुग्ने गरि क्षतिपुर्ति दिनुपर्छ ।’सडक विस्तारका क्रममा भत्काइएको घरको निर्माणका लागि दिइएको क्षतिपुर्ति रकम कम भएको बताउँदै भने–घर भत्काउन दिन्छौं, जमिनको क्षतिपुर्ति पनि चाहिँदैन तर केक झै चिरिएको घर टाल्न पुग्ने पैसा चाहियो ।’

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सडक विस्तारमा आफुहरु बाधक नबन्ने तर जनताले उचित क्षतिपुर्ति भने पाउनुपर्ने धारणा राखे । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पनि सडक विस्तार आवश्यक रहेको बताउँदै सम्पदा बस्तीहरुको संरक्षणमा भने ध्यान दिनुपर्ने बताए । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आफ्नो जिल्लामा रहेका सम्पदा बस्तीहरुलाई जोगाउँदै बैकल्पिक सडक निर्माण गर्नु पर्ने बताए ।उनले सम्पदा बस्ती बाहेकका क्षेत्रमा भने सडक विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव सर्वेन्द्र नाथ शर्माले राजधानीलाई कुरुप हुनबाट जोगाउन पनि सडक विस्तार आवश्यक रहेको धारणा राखेका थिए । उनले उपत्यकाका चार छेउमा निर्माण हुने नयाँ शहर र बाहिरी चक्रपथले उपत्यकालाई नयाँ जिवन दिने दावी समेत गरेका थिए ।

Share News