भरतपुर १९ को पुनः मतदान सम्बन्धी मुद्दा गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा

<p>काठमाडौं । भरतपुर महागरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धा कायम मुकायम प्रधान न्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा परेको छ । यस अघि २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । नेकपा(एमाले)को तर्फबाट [&hellip;]</p>

काठमाडौं । भरतपुर महागरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको मुद्धा कायम मुकायम प्रधान न्यायधिश गोपाल पराजुली र हरिकृष्ण कार्कीको बेञ्चमा परेको छ ।

यस अघि २२ गते न्यायधिश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

नेकपा(एमाले)को तर्फबाट वडा नम्बर १९ मा खुल्ला सदस्य पदका उम्मेदवार गुञ्जमान बि.कले पुनः मतदान गराउने निर्णय खारेज गरि मतगणनाको माग गर्दै जेठ २१ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

चोलेन्द्र शमशेरले २८ गतेका लागि पेशी तोकेका थिए । न्यायधिश विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाश मानसिंह राउतको बेञ्चमा परेको सो मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो ।

 

Share News