काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट ९प्रा।० लि। ले क्लियर टिभी सेवामा २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु समाबेस गरेको छ । यो नेपालकै सबैभन्दा बढी एचडी तथा डिजिटल च्यानलहरु प्रदान गर्ने कम्पनी हो ।

विाभिन्न विधाहरु जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली आदि अन्तर्गत पर्ने २०० भन्दा बढी एचडी तथा डिजिटल च्यानलहरुले बिभिन्न प्रकारका दर्शक तथा ग्राहकहरुको आवश्यकता र अपेक्षा पुर्ति गर्ने कम्पनीको विश्वास रहेको छ । हाल क्लियर टीभी सेवामा ५० भन्दा बढी एचडी र १५० भन्दा बढी एसडी च्यानलहरु रहेको कम्पनीले जनाएको छ ।
क्लियर टिभीले सेवामा बेसिक र प्रिमियम गरी दुई प्याकेजहरु छन् जसको शुल्क मासिक क्रमशः ५०० र ७०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुका लागि केवल रु २९९९को प्याकेज प्रस्तुत गरेको छ जसमा ग्राहकहरुले सेटटप बक्सका साथै २ महिनाको प्रिमियम प्याकेज र जडान सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।