ट्राफिक प्रहरी प्रमुखको प्रस्ताव-नियम उल्लंघन गर्ने सवारी साधनलाई ५० हजार जरिवाना गरौं 

<p>काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ५० हजार जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ । व्यवस्थापिका संसदको उद्योग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित सम्बन्ध उप समिति बैठकमा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी लामाले नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई ५० [&hellip;]</p>

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ५० हजार जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ । व्यवस्थापिका संसदको उद्योग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित सम्बन्ध उप समिति बैठकमा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी लामाले नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई ५० हजार जरिवाना नगरि राजधानीको सवारी व्यवस्थापन सहज नबन्ने दावी गरेका हुन् ।

‘चालु आर्थिक बर्षमै ६ सवारी साधनलाई जरिवाना गरि सक्यौं तै पनि नियम उल्लघंन घटेको छैन, अब ५० हजार जरिवाना गरौं, ट्राफिक नियम उल्लंघन गर्नेको संख्या ६ सयमा सिमित हुन्छ’, डिआइजी लामाले भने । उनले ट्राफिक नियम उल्लघंन गर्ने सवारी सधान तथा चालकलाई गरिने जारिवानाको जोखिम न्युन भएकाले उनीहरु नियम उल्लघंनका लागि थप प्रोत्साहित भैरहको आरोप पनि लगाए ।

उनले नियम उल्लघंन गरेर हुने जरिवाना भन्दा धेरै आम्दानी नियम उल्लघंनबाट सवारी साधनले प्राप्त गरिरहेको पनि बताए । ‘हामीले दुई पाँच सयको चिट काट्छौं तर त्यहि चिट देखाएर दिनभरी नियय उल्लंघन गरेर त्यो भन्दा बढि आम्दानी गरिहेको छन, अनि कसरी घट्न ट्राफिक नियम उल्लंघन ?’, लामाको प्रतिप्रश्न थियो ।

उनले उपत्यकामा मात्रै २४ घण्टामा २२ सय देखि २४ सयको हाराहारीमा सवारी साधनहरु कारवाहीमा परिरहेको तथ्यांक पनि पेश गरेका थिए । ‘हामीले दैनिक २२ देखि २५ सय सवारी सधानलाई कारवाही गरिरहेका छौं तर यो श्रृंखला घटेको छैन, त्यसको कारा भनेको न्युन जोखिम नै हो’, लामाले भने ।

उनले कालीमाटीमा मोटरसाइकलको ठुलो आवाजका कारण फुटपाथमा हिड्दै गरेकी ७० बर्षिय वृद्धा बेहोस भएको पनि सुनाए ।‘हामीले हर्न बजाउन निषेश गर्यौं तर मोटरसाइकलहरुले आवाज ठुलो बनाईरहेका छन, कालीमाटीमा ७० बर्षिय वृद्धा बेहोस हुनुभयो’, लामाले दुःखेसो पोखे ।

Share News