डन गणेश लामाले बोधिचित्तमा आँखा गाडेपछि प्रहरीले लियो नियन्त्रणमा

<p>बनेपा, ८ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनले यसलाई बैठक बसेर छलफलपछि [&hellip;]</p>

बनेपा, ८ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनले यसलाई बैठक बसेर छलफलपछि टुङ्गो लगाइने बताए ।

जिल्लाको रोशी गाउँपालिकास्थित नागबेलीमा एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रूख तीन व्यापारीसँग फरक फरक मूल्यमा बेचेपछि फल कस्को हो भन्ने विषयमा विवाद भएको हो । बोधिचित्तको रूख धनी ठकुरानी तामाङले आफ्नो बारीको बोधिचित्तको फल सत्यमान लामा, सुनिल लामा र दवाङजु लामालाई बेचेपछि विवाद भएको बताइएको छ ।

जिल्लाको रोशी गाउँपालिकामा पर्ने यो रूख सबैभन्दा महँगो रूख मानिएको छ । सत्यमान लामाले विगत वर्षदेखि नै आफूले किनेकाले आफूले पाउने दाबी गरेका छन् भने सुनिल लामाले आफूले कागज गरी ३४ लाख बुझाएको जिकिर गरेका छन् । बोधिचित्तको मालाको विषयमा विवाद भएपछि प्रहरी नै परिचालन भएको थियो ।

गत वर्ष रु ८० लाखमा दवाङजु लामाले सत्यमान लामालाई बिक्री गरेको पैसा अहिलेसम्म पनि नपाएको गुनासो गर्दै उनले प्रहरीमा शान्तिसुरक्षाका लागि अनुरोध गरेका थिए । दवाङजुले २०७२ साल असार १४ गते करारनामा अनुसार २०७४ साल भदौ मसान्तसम्म बोधिचित्तको फल टिप्न पाउने उल्लेख छ ।

नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामा समूहले ५५ लाख ठकुरानी तामाङले लिइसकेको दाबी गर्दै बोधिचित्तको फल आफ्नो हुनुपर्ने जिकिर गरेको छ । रासस

Share News