एनआइसी एसिया बैंकले शुरु गर्यो कर्जा ट्रयाकिङ प्रणाली, आवेदनको अपडेट हेर्न सकिने

<p>काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ट्रयाकिङ प्रणाली (रिटेल ट्रयाकिङ सिष्टम)को शुरुवात गरेको छ । बैंकले ग्राहकले कर्जा स्वीकृतका हरेक चरणको अपडेट स्ट्याटस हेर्न सक्ने गरि‘कस्टुमर रिटेल लोन ट्रयाकिङ सिष्टम (सिआरएलटिएस)’को शुरु गरेको हो । सिआरएलटिएसद्धारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको स्ट्याटसबारे जानकारी दिन्छ । जसमा [&hellip;]</p>

काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ट्रयाकिङ प्रणाली (रिटेल ट्रयाकिङ सिष्टम)को शुरुवात गरेको छ । बैंकले ग्राहकले कर्जा स्वीकृतका हरेक चरणको अपडेट स्ट्याटस हेर्न सक्ने गरि‘कस्टुमर रिटेल लोन ट्रयाकिङ सिष्टम (सिआरएलटिएस)’को शुरु गरेको हो ।

सिआरएलटिएसद्धारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको स्ट्याटसबारे जानकारी दिन्छ । जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्ने बैंकले जनाएको छ । ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने छ ।

 

Share News