काठमाडौं । एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९औँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकको प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

बैंकका नायव महाप्रबन्धक राजीब जैनले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए ।
हाल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६०वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।