एक हप्ताभित्रै उपत्यकाका सडकमा ८ सय वटा जेब्रा क्रसिङ, पैदल यात्रु जोगाउने अभियान

<p>काठमाडौं । सडक विभागले उपत्यकाका तीन जिल्लामा ८ सय वटा जेब्रा क्रसिङ तयार पार्दैछ । ट्राफिक व्यवस्थापन र पैदल यात्रुको ज्यान जोगाउन आगामी एक हप्ताभित्रै ८ सय स्थानमा जेब्रा क्रसिङ लागिसक्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए । उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सडकमा ८ सय वटा जेब्रा क्रसिङ लगाउने काम धमाधम अघि [&hellip;]</p>

काठमाडौं । सडक विभागले उपत्यकाका तीन जिल्लामा ८ सय वटा जेब्रा क्रसिङ तयार पार्दैछ । ट्राफिक व्यवस्थापन र पैदल यात्रुको ज्यान जोगाउन आगामी एक हप्ताभित्रै ८ सय स्थानमा जेब्रा क्रसिङ लागिसक्ने सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।

उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सडकमा ८ सय वटा जेब्रा क्रसिङ लगाउने काम धमाधम अघि बढेको छ ।‘ललितपुरमा काम सम्पन्न भैसकेको छ, काठमाडौं र भक्तपुरमा एक हप्ता भित्रै काम सम्पन्न हुन्छ’, सडक विभागका महानिर्देशक सिग्देलले भने ।

राजधानीका सडकमा अत्याधिक धुलो भएका कारण पनि जेब्रा क्रसिङ तीन महिना भन्दा धेरै समय नटिकेको उनले बताए । बताए ।‘धुलो भनेको जेब्रा क्रसिङको सत्रु नै हो, त्यसैले ३ महिनामा पुनः जेब्रा पेण्टिङ गर्ने योजना बनाएका छौं’, सिग्देलले भने ।

महानगरिय ट्राफिक प्रहरी प्रमुख मिङमार लामाले उपत्यकाकामा ४५ प्रतिशत दुर्घटना पैद यात्रुका कारण हुने गरेको बताए । जेब्रा क्रसिङको अभावमा नागरिक दुर्घटनाको शिकार बनिरहेको बताउँदै उनले साना फुटपाथलाई पनि व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

 

Share News