माछापुच्छ्रे बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<p>काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो । यस [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो ।

यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।
हाल बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ ।

६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैंकले २०७३ साल चैत्रमसान्त सम्ममा ५८ अर्ब ४८ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Share News