स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

<p>काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा आयोजित कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो । पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा [&hellip;]</p>

काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा आयोजित कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा अमेरिकी नागरिक मार्टिन ट्युनिसले सयुंक्त रुपमा क्षेत्रपाल सामुदायिक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई एम्बुलेन्सको प्रतिकात्मक चावी हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले हस्तान्तरण गरिएको एम्बुलेन्स त्यस क्षेत्रका जनसमुदायको स्वास्थ्यको लागी हित कर हुने र सो को सहि सदुपयोग हुने आशय व्यक्त गरेका छन् ।

साथै, राजु श्रेष्ठले त्यस गाँउपालिकाका समुदायको स्वरोजगार मार्फत आर्थिक स्थिती सुधार गरुन् भन्ने हेतुले त्यस गाउँपालिकाको लागी बहुउदेश्यीय तालिम केन्द्रको लागी ५ रोपणी जग्गा उपलब्ध गराई चाँडै नै निर्माण थालनी गर्ने घोषणा पनि गरेका छन्

Share News