स्वर्णजयन्तीको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले ‘राष्ट्रिय उत्पादकत्व अवार्ड’ दिने

<p>पाटन । ललितपुर उद्योग वाणिज्य संघले ५० औं वार्षिक उत्सवको अवसरमा “राष्ट्रिय उत्पादकत्व अवार्ड” वितरण गर्ने भएको छ । २०२३ चैत्र ४ गते स्थापना भएको यो संघ ललितपुर जिल्लाको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था हो । इतिहासको सम्मान, उपलब्धीप्रति आत्मगौरव र भविष्यप्रति आशा जगाउने हिसाबले स्वर्णजयन्ती मनाउने क्रममा संघले यसै वर्ष देखि राष्ट्रिय उत्पादकत्व एर्वाड [&hellip;]</p>

पाटन । ललितपुर उद्योग वाणिज्य संघले ५० औं वार्षिक उत्सवको अवसरमा “राष्ट्रिय उत्पादकत्व अवार्ड” वितरण गर्ने भएको छ । २०२३ चैत्र ४ गते स्थापना भएको यो संघ ललितपुर जिल्लाको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था हो ।

इतिहासको सम्मान, उपलब्धीप्रति आत्मगौरव र भविष्यप्रति आशा जगाउने हिसाबले स्वर्णजयन्ती मनाउने क्रममा संघले यसै वर्ष देखि राष्ट्रिय उत्पादकत्व एर्वाड दिने घोषणा गरेको संघको अध्यक्ष सविन श्रेष्ठले बताए ।

‘संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढिरहेको समयमा अबको लक्ष्य भनेको आर्थिक समृद्धि नै हुनुपर्दछ’ विहीबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने ‘आर्थिंक विकास र समृद्धि बिना राजनीतिक परिर्वतन दिगो र स्थायी नहुने तथ्यलाई आत्मसात गर्दै मुलुकको आर्थिक परिर्वतनको लागि उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्न र मनोबल बढाउन “राष्ट्रिय उत्पादकत्व अवार्ड” कार्यक्रम गर्न लागेको उनले बताए ।

देशै भरीका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु मध्ये एक उत्कृष्ट उद्योग छनौट गरि पुरस्कार प्रदान गर्न संघले नेपाल सरकार उद्योग मन्त्रालय, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल आर्थिक पत्रकार समाज र ललितपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सम्मिलित एक उच्च स्तरीय निर्णायक मण्डल खडा गरिएको उनले जनाकारी दिए ।

उक्त अवार्ड पाउनको लागि संघले तयार गरेको दरखास्त फाराम भरि संघको सचिवालयमा बुझाउने व्यवस्था गरिएको उनले बताए ।

Share News